थाइल्याण्डमा प्रधानमन्त्रीद्वारा आउँदो चुनावको लागि मार्ग प्रशस्त
सहयात्रा टिभी
काठमाडौं । मंसिर २६ , थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले संसद् विघटन गरी आउँदो वर्ष हुने चुनावको मार्ग प्रशस्त गर्नुभएको छ ।

यो कदम छिमेकी कम्बोडियासँग चलिरहेको सीमा विवादकोबीचमा नागरिकको सुरक्षालाई ध्यानमा राख्दै लिइएको समाचार संस्था एएफपीले जनाएको छ ।
सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीको सामना गरिरहेको र स्थिर तथा प्रभावकारी रूपमा प्रशासन सञ्चालन गर्न कठिनाइ भइरहेको हुँदा नयाँ चुनाव गर्नु उपयुक्त उपाय ठहर्याएको उल्लेख छ ।
थाइल्याण्डको कानूनअनुसार, संसद् विघटन भएपछि डेढ–दुई महिनाभित्र मतदान हुनुपर्छ । त्यसअनुसार मतदान आउँदो जनवरी अन्त्य वा फेब्रुअरीको शुरुमा हुने अपेक्षा छ ।


