यतिबेला एमालेका नेता कार्यकर्ताहरूको टाउकोमा सूर्य अंकित ढाका टोपी
सहयात्रा टिभी
काठमाडौं । मंसिर २६ , नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ ।

पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ ।
च्यासलमै एमालेको सचिवालय बैठक पनि जारी छ । पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाकाटोपी लगाएर देखिएका छन् ।
सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने १५ हजारको हाराहारीमा कुर्सी राख्ने योजना एमालेको छ । अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधि मैत्री हुने छ । मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
११ औं झण्डालाई झण्डोत्तोलनका साथै इलेक्ट्रिक दियो बालेर उद्घाटन गर्ने तयारी छ । तर यसबारे आज बेलुकासम्म थप निर्णय हुने बताइएको छ ।


