डेढ महिनादेखि प्रहरीमा ७ एसएसपी रिक्त हुदा हुन सकेन बढुवा
सहयात्रा टिभी
काठमाडौं । पुस १, नेपालमा ७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रिक्त भएको डेढ महिना बित्दा समेत बढुवा हुन सकेको छैन ।

गत ९ कात्तिकका पाँच एसएसपीहरु भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौंमा अभिनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका थिए । सिफारिस भएको एक सातापछि उनीहरूले डीआईजीको दर्ज्यानी चिह्न प्राप्त गरे ।
त्यसपछि १ मंसिरमा अर्का एसएसपी विश्व अधिकारी पनि डीआईजी बढुवामा सिफारिस भए । योसँगै रिक्त एसएसपीको संख्या ६ पुग्यो । यही बीचमा एसएसपी प्रकाश रानाभाटले राजीनामा दिए ।
यो सँगै नेपाल प्रहरीमा रिक्त एसएसपीको संख्या ७ पुग्यो । रिक्त भएको डेढ महिना बित्दा पनि अहिलेसम्म एसएसपीमा बढुवा हुन सकेको छैन ।
अहिलेसम्म बढुवा हुन नसक्नुको कारण भने प्राविधिकतर्फका दुई एसएसपीको दरबन्दी जनपदतर्फ मिलान गरेर बढुवा गर्ने तयारी रहेको बुझिएको छ ।


