एमाले सचिव बनेका शेरधन राईलाई अर्को पनि खुसी, जाङ्मुले दिइन् बाबु बन्न लागेको खबर
सहयात्रा टिभी
काठमाडौं । पुस ४, नेकपा एमालेको सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईको परिवारमा यतिबेला दोहोरो खुसी छाएको छ । राजनीतिक वृत्तिमा पार्टीको उच्च पदमा निर्वाचित भएसँगै उनी पिता बन्न लागेको खबर सार्वजनिक भएको हो ।

राईकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत यो सुखद् खबर सार्वजनिक गरेकी हुन् । श्रीमान् एमालेको सचिवमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिने सन्दर्भ पारेर उनले पहिलोपटक आफ्नो ‘बेबी बम्प’ सहितको तस्बिर पोस्ट गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी हुन् । उनले पार्टीको गरिमामय पदमा निर्वाचित भएकोमा श्रीमानलाई बधाई दिँदै आफ्नो जीवनमा आउन लागेको ‘सानो मुटुको धड्कन’ को खबर शुभेच्छुकहरूसँग साटेको उल्लेख गरेकी छन् ।
जाङ्मुले नयाँ जिम्मेवारी, नयाँ सपना र नयाँ जीवनको यात्राका लागि सबैको माया, आशीर्वाद र शुभेच्छाको अपेक्षा समेत गरेकी छन् । शेरधनले तत्कालीन कोशी प्रदेशको मुख्यमन्त्री रहेकै अवस्थामा २०७७ साल माघमा सन् २०१८ की मिस मंगोल जाङ्मुसँग विवाह गरेका थिए । विवाहको समयमा शेरधन ४९ वर्ष र जाङ्मु २३ वर्षका थिए ।


