एक हप्ताभित्र एमालेले संशोधित विधान प्रकाशन गर्ने
सहयात्रा टिभी
काठमाडौं । पुस ४, नेकपा एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने भएको छ ।

दोस्रो पिवधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका हुन् ।
जारी केन्द्रीय कमिटी बैठकको हलले उक्त प्रस्ताव निर्णयार्थ पेश गरेको छ ।
त्यस्तै, नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यलाई जिम्मेवारी प्रदान गर्ने अख्तियारी केन्द्रीय सचिवालयलाई प्रदान गर्ने प्रस्ताव पनि निर्णयका लागि प्रस्तुत भएको छ ।


