आज बस्ने रास्वपाको बैठकमा रविले सम्बोधन गर्ने
सहयात्रा टिभी
काठमाडौं । पुस ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् ।

शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
केन्द्रीय समिकिो बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ । बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए ।
केन्द्रीय समिति बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर काठमाडौं फर्केर जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए ।
सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए । शुक्रबार लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने जानकारीसमेत गराएको थियो ।


