रास्वपाको केन्द्रीय समिति बैठक जारी

सहयात्रा टिभी

काठमाडौं । पुस ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । रवि लामिछाने जेलबाट रिहा भएर फर्किएलगत्तै आज पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो ।

 

बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरे ।

त्यसपछि पार्टीका कार्यबाहक सभापति डिपी अर्यालले कार्यकक्षमा स्वागत गरे । अहिले केन्द्रीय समिति बैठक जारी छ ।

 

प्रकाशित : 21 December, 2025

प्रतिक्रिया दिनुहोस्