रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची

सहयात्रा टिभी

काठमाडौं । पुस ११, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार एक सूचना जारी गर्दै ३ सय ८७ जना आकांक्षीहरूको सूची बाहिर ल्याएको हो ।

 

रास्वपाका अनुसार समानुपातिक सांसदको उम्मेदवार बन्नका लागि कुल ४ सय १४ जनाले आवेदन दिएका थिए । प्राप्त आवेदनमध्येबाट ३ सय ८७ जनाको नाम अन्तिम सूचीमा प्रकाशित गरिएको छ भने बाँकी २७ जनाको नाम यसमा समावेश छैन । यद्यपि, सूचीमा नाम नभएका आवेदकहरूलाई पनि भर्चुअल माध्यममार्फत उम्मेदवार छनोटको प्रक्रियामा सहभागी गराइने जानकारी पार्टीले दिएको छ ।

पार्टीले समानुपातिकतर्फका आकांक्षीहरूबाट आवेदन शुल्कबापत मोटो रकम संकलन गरेको छ । उम्मेदवारी दर्ताका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ शुल्क तोकिएको थियो । सोही आधारमा कुल ४१४ जना आवेदकबाट रास्वपाले दुई करोड ७ लाख रुपैयाँ संकलन गरेको छ ।

प्रकाशित : 26 December, 2025

प्रतिक्रिया दिनुहोस्