कांग्रेसको विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर बुझाए
सहयात्रा टिभी
काठमाडौं । पुस ११, नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ ।

पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उक्त पक्षधरले शुक्रबार स्मरण पत्र बुझाएको हो ।
नेता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको बताए ।
देशव्यापी हस्ताक्षर अभियान चलाएको समूहले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।


