दलका दुई प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने आचारसंहिता स्वीकृत
सहयात्रा टिभी
काठमाडौं । पुस १३, निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ । शनिबार बसेको आयोगको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

आचारसंहितामा राजनीतिक दलले चुनावमा कस्ता सवारी, कति प्रयोग गर्न पाउने भन्ने पनि उल्लेख छ । यसअनुसार हेलिकप्टर प्रयोग गरेर प्रचारमा जानुपर्ने अवस्था छ भने राजनीतिक दलले आयोगमा पहिल्यै विवरण बुझाउनुपर्ने उल्लेख छ ।
त्यस्तै हेलिकप्टर प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको स्ख्याका आधारमा दलले गर्न पाउने खर्चको सीमाभित्रै रहेर गर्नुपर्ने पनि उल्लेख छ ।
आचारसंहितामा एक उम्मेदवारले प्रचारप्रचारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।


