बन्दसूची बुझाउन उज्यालो नेपालका नेताहरू आयोगमा पुगे
सहयात्रा टिभी
काठमाडौं । पुस १४ , उज्यालो नेपाल पार्टीका नेताहरू निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन पुगेका छन् ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । अहिले सो पार्टीका केही नेताहरू आयोगमा पुगेका छन् ।
उता, पार्टीका संरक्षक कुलमान घिसिङ भने रास्वपा सभापति रवि लामिछानेसँग छलफलमा जुटेका छन् ।
पटकपटक भएका विभिन्न वार्ताहरू विफल भएपछि अहिले अन्तिम समयमा पुनस् संवाद भएको हो ।
पार्टी केन्द्रीय समिति बैठकबाट निस्किएर रास्वपा सभापति रवि लामिछानेले घिसिङसँग भेटवार्ता गरिरहेका हुन् ।


