कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

सहयात्रा टिभी

काठमाडौं । पुस १५ , आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम जारी रहेको छ ।

गएराति १२ बजेसम्म धरौटी बुझाएर निस्सा लिएका दलहरुले आज बिहान १० बजेसम्म बन्दसूची बुझाउन पाउने छन् । विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।

बन्दसूची लिएर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार निर्वाचन आयोगमा पुगेको भए पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि ढिला भएको बताइएको छ । कांग्रेसमा उम्मेदवार छनोटमा विवाद हुँदा सूची बनाउने क्रममै ढिला भएको कांग्रेस स्रोतले जनाएको छ ।

प्रकाशित : 30 December, 2025

प्रतिक्रिया दिनुहोस्