२०८२ साल पुस १६ गते बुधबारको राशिफल

सहयात्रा टिभी

काठमाडौं । पुस १६ , आज २०८२ साल पुस १६ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर ३१ तारिख । पौष शुक्ल पक्षको द्वादशी तिथि । राष्ट्रिय मेलमिलाप दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला । मन प्रशन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुची बढ्नेछ । रोगबाट मुक्त हुने योग छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन रमाइलो छ । मिष्ठान्न भोजन हुनेछ । सञ्चित धन खर्च हुनेछ । उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । शत्रु बढ्नेछन् । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ । आफ्ना तरिकाले गरेको लगानीबाट घाटा नहुने देखिन्छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ ।

सिंह : दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ ।

कन्या : दिन सामान्य छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : बन्धुसँगको कारोबारबाट काम बन्नेछ । ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । साथीको साथ मिल्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ ।

धनु : मन प्रशन्न हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । विपक्षीको आवाजलाई रोक्ने बौद्धिक क्षमता वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारले साथ दिँदा मन शान्त बन्नेछ ।

मकर : आफूखुशी खर्च गर्ने बानी कटौती गर्नुपर्ने दिन छ । नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ । स्वदेशको भन्दा विदेशको मोह बढेको देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर जुट्नेछ ।

कुम्भ : बोल्दा सचेत बन्नुपर्ने समय छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ ।

मीन : दिन राम्रो छ । मन प्रशन्न बन्नेछ । स्वास्थ्यको ख्याल नगर्दा शारीरिक शक्ति कमजोर बन्नेछ । मध्य साढेसाती दशा भएकाले बिहान उठेर धार्मिक कार्यमा सहभागी बनेमा राम्रो हुनेछ । विपक्षी शान्त भएकाले तपाईंको काम बन्ने योग छ ।

प्रकाशित : 31 December, 2025

प्रतिक्रिया दिनुहोस्