ओलीलाई बयानका लागि जाँचबुझ आयोगले पत्र काट्ने तयारी
सहयात्रा टिभी
काठमाडौं । पुस १७ , भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।
उनका अनुसार, निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिइसकेको छ । बयान सकिएलगत्तै आयोगले लेखकमाथि लगाएको स्थान हद पनि फुकुवा गर्ने तयारी गरेको छ ।
साथै, कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरे । ‘एक महिनाको म्याद थपिएको छ । त्यही म्यादभित्र हामी प्रतिवेदन बुझाउँछौं,’ उनले भने ।


