आज कांग्रेस कार्यसम्पादन समिति बैठक

सहयात्रा टिभी

काठमाडौं । पुस १८, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे तय गरिएको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि डाकिएको छ ।

पुस २६ देखि निर्धारण गरिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । यसै सन्दर्भमा विहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति निकाल्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका छन् । साथै विशेष महाधिवेशन आव्हान गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले पुस २७-२८ का लागि भृकुटीमण्डपमा हल बुकिङसमेत गरेको अवस्थामा कांग्रेसमा महाधिवेशनको मुद्दा अझ पेचिलो बनेको छ । सभापति शेरबहादुर देउवाले घात प्रतिघात बढ्ने भन्दै प्रतिनिधिसभा चुनावअघि महाधिवेशन नहुने प्रष्ट पारिसकेका छ्न् । विशेष महाधिवेशन बोलाउने/नबोलाउने अधिकार केन्द्रीय समितिलाई हुने संस्थापन पक्षका नेताले बताइरहेका छन् । यही मेसोमा बस्न लागेको कार्यसम्पादन समितिलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित : 2 January, 2026

प्रतिक्रिया दिनुहोस्