कांग्रेसभित्रको विवाद मिलाउन देउवा र कोइरालाबीच ‘वान टु वान’ वार्ता
सहयात्रा टिभी
काठमाडौं । पुस २४, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच बिहीबार महाराजगञ्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ। पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न यी दुई शीर्ष नेताबीच ‘वान टु वान’ वार्ता भएको हो।

पछिल्लो समय महामन्त्रीद्वयले विशेष महाधिवेशनको एजेन्डा अघि सारेपछि पार्टीभित्र नयाँ तरंग पैदा भएको छ। यसै सन्दर्भमा भएको भेटका क्रममा नेता कोइरालाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदहरूलाई तत्काल सम्बोधन गर्न सभापति देउवालाई आग्रह गरेका छन् । उनले पार्टीलाई विभाजित हुन नदिई एकताबद्ध बनाएर लैजानका लागि सभापतिले नै ठोस पहलकदमी लिनुपर्नेमा जोड दिएका हुन् ।
दुई नेताबीचको यो संवादलाई कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र विवाद व्यवस्थापनका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।


