अमेरिकी राजदूत थम्पसनले गरे राष्ट्रपति पौडेलसँग विदाइ भेट

सहयात्रा टिभी

काठमाडौं । पुस २४, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यमा अमनुसार राजदूत थम्पसनले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग विदाइ भेट गरेका हुन् ।

सो अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको शाक्यले बताए ।

राजदूत थम्पसनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रपति पोडेलले धन्यवाद समेत दिएका थिए ।

 

 

 

प्रकाशित : 8 January, 2026

प्रतिक्रिया दिनुहोस्