कांग्रेसको विवाद समाधानबारे पूर्वअध्ययनमा लागो निर्वाचन आयोग

सहयात्रा टिभी

काठमाडौं । पुस २६, नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानबारे पूर्वअध्ययनमा लागेको छ । खासगरी आयोगका उच्च स्तरका अधिकारीहरूले यसमा चासो देखाएका छन् ।

आयोग स्रोतका अनुसार कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन, यससँग सम्बन्धित निकायमावलीहरू र विगतका नजिर अध्ययन गर्ने कार्य चलिरहेको छ ।

कांग्रेसको नेतृत्व नै परिवर्तन गर्ने निर्णय भएको अवस्थामा वा अन्य नीतिगत विषयमा संशोधन गर्ने निर्णय भएको अवस्थामा त्यसले वैधता पाउने विधि र प्रक्रिया भनेको प्रचलित ऐन र कांग्रेसको विधान नै रहेकाले त्यसबारे आयोगले पूर्व अध्ययन थालेको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई पनि कांग्रेसभित्रको विवादलाई नजिकबाट हेरिरहेको बताउँछन् ।

शुक्रबार आयोजित प्रेस ब्रिफिङमा उनलाई यससम्बन्त्रधी प्रश्न सोधिएको थियो । जवाफमा उनले राजनीतिबक दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले नजिकबाट हेरिरहेको बताएका थिए ।

 

प्रकाशित : 11 January, 2026

प्रतिक्रिया दिनुहोस्