महाधिवेशनपछि कांग्रेसले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस २८, नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान चलाउने उल्लेख छ ।

अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समाुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने र राष्ट्रिय आत्मविश्वास एवं सामाजिक एकता तथा सद्भावलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

पुनर्जागरण अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीका साथ परिचालन गरिने महामन्त्री थापाले उल्लेख गरेका छन् ।

 

 

प्रकाशित : 12 January, 2026

प्रतिक्रिया दिनुहोस्