महाधिवेशनमा सहभागी हुन गगनले गरे देउवालाई पुन: आग्रह

सहयात्रा टिभी

काठमाडौं । पुस २८, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनस् आग्रह गरेका छन् ।

 

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रश्ताव पेश गर्ने क्रममा उनले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुनस् आग्रह गरेका हुन् ।

उनले हिजो उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा पनि देउवालाई सहभागी हुन अपिल गरेका थिए ।

कार्यक्रममा सहभागीता जनाउनका लागि देशभरका नेता, कार्यकर्ताहरूले आफूसँग सम्पर्क गरिरहेको भएपनि नेताहरूसँग डराएर आउन नसकेको जिकिर समेत गरे ।

महामन्त्री थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्‍याउन नसक्ने दाबी समेत गरे ।

 

 

प्रकाशित : 12 January, 2026

प्रतिक्रिया दिनुहोस्