राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने

सहयात्रा टिभी

काठमाडौं । पुस २८, राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसमेत जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको हो ।

कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको छ ।  सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ । यसका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यसअनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

त्यसका अलावा संसदीय समितिका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू समेत रहेका छन् । अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउन सक्छन् ।

राष्ट्रिय सभामा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रमसमेत सञ्चालन हुने गरेको छ ।

प्रकाशित : 12 January, 2026

प्रतिक्रिया दिनुहोस्