गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने, शेखरलाई मोरङ-६ को टिकट
सहयात्रा टिभी
काठमाडौं । माघ ६, नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाइसकेको छ।

पार्टीका सभापति गगन थापाले यसपटक सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन्। यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट लगातार निर्वाचित हुँदै आएका थापाले पार्टी रणनीति तथा क्षेत्रीय सन्तुलनका आधारमा निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन्।
यसैगरी, महामन्त्री गुरुराज घिमिरेले मोरङ क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन्। अर्का प्रभावशाली नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ र मीनेन्द्र रिजालले मोरङ क्षेत्र नम्बर २ मा टिकट प्राप्त गरेका छन्।
यी निर्णयले मोरङ जिल्लाका विभिन्न क्षेत्रमा कांग्रेसको मजबुत उपस्थिति कायम राख्ने अपेक्षा गरिएको छ भने सर्लाही–४ मा थापाको उम्मेदवारीले राजनीतिक माहोल थप रोचक बन्ने देखिएको छ।


