झापा–५ मा बिहानैदेखि बालेनको व्यस्तता

सहयात्रा टिभी

काठमाडौं । माघ ७, प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यतिबेला चुनावी अभियानमा होमिएका छन्। मंगलबार उम्मेदवारी दर्ता गराएलगत्तै उनी बुधबार बिहानैदेखि आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुग्न थालेका हुन्।

चुनावी प्रचारप्रसारका क्रममा नेता शाहले झापा–५ का विभिन्न टोल र बस्तीहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेका छन्। उनी बिहानैदेखि पैदलै हिँडेर समुदायका सबै वर्ग, तह र तप्काका नागरिकहरूसँग भेटघाट गर्न र उनीहरूका समस्या सुन्न व्यस्त देखिएका छन्।

भेटघाटका क्रममा उनले मतदातालाई आफ्नो एजेन्डा बुझाउँदै आगामी निर्वाचनमा सहयोग गर्न आग्रह गरिरहेका छन्। उम्मेदवारी दर्तापछि शाहले आफ्नो सम्पूर्ण समय निर्वाचन क्षेत्रमा केन्द्रित गर्दै जनसम्पर्कलाई तीव्रता दिएका हुन्।

प्रकाशित : 21 January, 2026

प्रतिक्रिया दिनुहोस्