लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । माघ १३, लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक दुई महिनापछि आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीअनुसार प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले सभामा जानकारी गराउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।
प्रदेश सभाका सदस्यहरु कृष्णा केसी, कन्हैया बानिया,धनबहादुर मास्की राना र धर्मबहादुर चौधरीले प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न राजीनामा दिएका छन् ।


