जमलमा तीन वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना

सहयात्रा टिभी

काठमाडौं । माघ १३, काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताए ।

 

 

 

 

 

 

 

 

प्रकाशित : 27 January, 2026

प्रतिक्रिया दिनुहोस्