फेरि हिमपात सुरु हुनाले हुम्लाको जनजिबन कष्टकर

सहयात्रा टिभी

काठमाडौं । माघ १४, हुम्लामा फेरि हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

मंगलबार साँझदेखि हिमपात सुरु भएको हो । स्थानीयका अनुसार दुई फिटभन्दा धेरै हिउँ जमेको छ ।

हिमपातले कृषकहरूलाई राहत महसुस भएको छ । खेतबारीको जेठासे बाली राम्रो हुने भएपछि कृषकहरू खुसी भएका हुन् । तर, जन जनजीवन भने कष्टकर बन्न थालेको छ ।

 

 

 

 

 

प्रकाशित : 28 January, 2026

प्रतिक्रिया दिनुहोस्