वीरेन्द्रसभा गृहमा प्रदेशसभाको बैठक बोलाउन सिफारिस
सहयात्रा टिभी
काठमाडौं । माघ १५, कोशी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेश सभाको बैठक बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा ध्वस्त भएको थियो । सभा र सचिवालय जलेपछि विराटनगरसँगै जोडिएको कटहरीमा रहेको कृषि बजारको भवनमा प्रदेशसभा र सचिवालय सारिएको थियो । तर प्रदेशसभा बैठक आफ्नो भवनमा बस्ने छैन ।
आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार विराटनगरको वीरेन्द्रसभा गृहमा बैठक बोलाउन सिफारिस गरिएको हो ।
आफ्नो भवन तयार नभएसम्म मासिक आठ लाख रुपैयाँ भाडा दिने गरी वीरेन्द्रसभा गृहमा बैठक सञ्चालन गर्न लागिएको उनले बताए ।


