मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते
सहयात्रा टिभी
काठमाडौं । माघ १६, चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ । बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।


