आज देशभरको मौसम कस्तो रहला ?

सहयात्रा टिभी

काठमाडौं । माघ २१ , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।


आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रकाशित : 4 February, 2026

प्रतिक्रिया दिनुहोस्