निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर
सहयात्रा टिभी
काठमाडौं । माघ २१ , निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । फागुन २१ गते हुने निर्वाचनको स्वच्छता स्वच्छता प्रवर्द्धनका लागि समझदारीमा हस्ताक्षर भएको हो ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरे ।
कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउत लगायतका अधिकारीहरूको उपस्थिति थियो ।
टिकटकले नेपालमा पवित्र सोचका साथ निस्शुल्क निर्वाचन सफल बनाउने कामहरू गर्न लाग्नु आफैंमा महत्त्वपूर्ण कुरा भएको कार्यबाहक आयुक्त भण्डारीको भनाइ छ ।


