त्रिभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ
सहयात्रा टिभी
काठमाडौं । माघ २१ , सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४९ वर्षीय अबु बार्कट कुदराते खोद काजी छन् । मलद्वारमा लुकाएर ल्याएको १०० ग्रामको अर्धठोस सुनको धातु उनीबाट बरामद गरिएको प्रहरीले बताएको छ ।
उनी फ्लाई दुबईको जहाजमार्फत दुबईबाट बुधबार बिहान १० बजे काठमाडौं आएका थिए ।


