ईश्वर पोखरेलले काठमाडौं-५ का मतदातासँग मागे सुझाव
सहयात्रा टिभी
काठमाडौं । माघ २२, नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ का मतदातासँग रचनात्मक सुझावको आग्रह गरेका छन्।

संविधान २०७२ लाई आवश्यक संशोधनसहित अझ प्रभावकारी, समावेशी र सशक्त बनाउँदै समाजवादको आधार निर्माण गर्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको पोखरेलको भनाइ छ। उनले विशेषगरी युवाको सुरक्षित, सक्षम र सुनौलो भविष्य सुनिश्चित गर्ने दीर्घकालीन योजनामा आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
“काठमाडौं–५ का जनताको अनुभव, दृष्टिकोण र सृजनात्मक सुझावले मेरो योजना अझ वस्तुनिष्ठ र जनअपेक्षाअनुकूल बन्ने विश्वास लिएको छु,” पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अनुरोधमा उल्लेख छ। उनले सहकार्य, संवाद र साझा प्रयासमार्फत समृद्ध काठमाडौं र सशक्त नेपाल निर्माण सम्भव हुने भन्दै जनताको सक्रिय सहभागिता र सुझावलाई आफ्नो अभियानको आधार बनाउने बताए ।


