एमालेका नेता ईश्वर पोखरेलले गरे सुझावको माग
सहयात्रा टिभी
काठमाडौं । माघ २२, फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा प्रत्यक्षतर्फको उम्मेदवार रहेका नेकपा एमालेका नेता ईश्वर पोखरेलले सुझावको माग गरेका छन् ।

आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको बताउँदै नेता पोखरेलले सुझावको आह्वान गरेका हुन् ।
बिहीबार बिहान फेसबुकमार्फत सुझाव माग्दै उनले नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको दाबी गरेका छन् ।


