सर्लाहीमा अज्ञात समूहले वित्तिय संस्थाभित्र प्रवेश गरेर लुटपाट

सहयात्रा टिभी

काठमाडौं । माघ २२, सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तिय संस्थामा लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले वित्तिय संस्थाभित्र प्रवेश गरेर लुटपाट गरेको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार, ५–६ जनाको समूह प्रवेश गरेर बिहीबार दिउँसो कार्यालयमा लुटपाट गरेको हो ।

अहिले सो स्थानमा प्रहरी पुगेर थप अनुसन्धानको काम अघि बढाएको छ । लघुवित्तका कर्मचारीलाई कोठामा बन्द गरेर लुटपाट भएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित : 5 February, 2026

प्रतिक्रिया दिनुहोस्