टी–२० विश्वकपः साविक विजेता भारतको विजयी सुरुआत, अमेरिका २९ रनले पराजित
सहयात्रा टिभी
काठमाडौं । माघ २५, आइसीसी टी–२० विश्वकप क्रीकेटमा साविक विजेता भारतले विजय सुरुआत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममाखेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित गर्यो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जयमुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७-३७ रन बनाए ।

बलिङमा भारतका मोहम्मद सिराजले ३, आशिर्वाद सिंहले २ र अक्षर पटेलले २(२ तथा वरुण चक्रवतिले एक विकेट लिए । त्यसअघि घरेलु मैदानमा भारतले कप्तान सूर्यकुमार यादवको संयमित ब्याटिङमा १६१ रन बनाएको थियो । यादवले ४९ बलमा अविजित ८४ रन बनाए । बलिङमा अमेरिकाका शाड्ली भ्यान शाल्कविकले सर्वाधिक ४ विकेट लिए । यसअघि आजै भएको खेलमा पाकिस्तान र वेष्ट इन्डिज विजयी भएका थिए । सोही मैदानमा नेपालले आज इंग्ल्याण्डसंग खेल्नेछ ।


