प्रम पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जीप फरार

माघ २१, प्रधानमन्त्री पत्नी आरजु राणा देउबा चढेको गाडी आज पशुपति क्षेत्रको गौरीघाटमा दुर्घटना भएको छ । उनी चढेको गाडीलाई अर्को जीपले ठक्कर दिएको हो ।
उनी चढेको गाडीलाई सामान्य क्षति भएको छ भने ठक्कर दिने बा ९ च ८३५६ नम्बरको स्कर्पियो फरार रहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले ठक्कर दिने जीपको खोजी गरीरहेको छ ।