नेप्सेमा दोहोरो अंकले गिरावटमा निरन्तरता
सहयात्रा टिभी
काठमाडौं । माघ २६, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६।०५ अंक घटेको हो ।

आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजार भने नकारात्मक देखिएको छ ।
निवार्चन समयमा भएको खण्डमा सेयर बजारमा लगानी बढ्ने अनुमान गरिए पनि चुनाव नजिकिएसँगै बजारमा देखिएको नैराश्यताले आमलगानीकर्ताको मनोबल कमजोर बनाएको देखिन्छ ।
सोमबार कारोबार सुरु भएदेखि नै नेप्से निरन्तर ओरालो नै रह्यो । कारोबारको अन्तिम समयमा भने घट्ने क्रममा कमी आएको थियो । सोमबार कारोबार सुरु हुँदा २६९८.४५ अंकमा रहेको नेप्से सूचक २६ अंक घटेर बन्द हुँदा २६७२.३९ मा झरेको छ ।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आए पनि समग्र बजार सूचक नकारात्मक भएको हो ।


