तामाकोशी नदीमा बस दुर्घटनामा ११ जनाको उद्धार, ५ जना गम्भीर

सहयात्रा टिभी

काठमाडौं । माघ २७, काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।


दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । उनीहरु बेहोस अवस्थामा रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३(०१(९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।

प्रकाशित : 10 February, 2026

प्रतिक्रिया दिनुहोस्