दार्चुलामा एक जना ज्येष्ठ नागरिकको हत्या गरी लुटपाट

सहयात्रा टिभी

काठमाडौं । माघ २७, दार्चुलामा एक जना ज्येष्ठ नागरिकको हत्या गरी लुटपाट भएको छ । शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार हत्या भएको हो ।

घरमा एक्लै रहेकी उनको हत्या गरी घरबाहिर फालिएको अवस्थामा शव फेला परेको स्थानीय मनोरथ जोशीले जानकारी दिए ।

उनको टाउकोमा चोट छ । हत्यापछि उनले लगाएकी साढे तीन तोला सुन लुटपाट भएको जोशीले बताए । घरभित्र बाकस फुटेको अवस्थामा फेला परेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरजसिंह भाटको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

 

 

 

 

प्रकाशित : 10 February, 2026

प्रतिक्रिया दिनुहोस्