लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

सहयात्रा टिभी

काठमाडौं । माघ  २८, नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र बलिदानको स्मरणमा आगामी फागुन २ गते काठमाडौंमा खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।

दौड आयोजक आयोजक नेपाली कल्चर मिडियाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १४९ औँ स्मृति दिवसको अवसरमा प्रथम शहीद लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिता–२०८२ फागुन २ गते शनिबारका दिन बिहान ६ बजे काठमाडौंको शहीद गेटबाट सुरु हुने जनाएको हो ।

युवापुस्तामा स्वास्थ्य, खेलकुद, संस्कृति र राष्ट्रिय इतिहास प्रतिको जागरण र गौरव फैलाउने उद्देश्यले नेपाली कल्चरको आयोजना, नेपाल मगर संघ, केन्द्रीय समितिको संरक्षकत्व साथै प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको संयोजनमा उक्त दौड प्रतियोगिता हुन लागेको बताइएको छ ।

एक हजारभन्दा बढी खुल्ला सहभागितामा आधारित रहने प्रतियोगिता १० किलोमिटर दूरी रहने खुल्ला दौड प्रतियोगिता आयोजक समितिका संयोजक रक्ष बहादुर रैका मगरले जानकारी दिए ।

प्रतियोगिता महिला तथा पुरुष विधामा छुट्टाछुट्टै सञ्चालन गरी महिला तथा पुरुष प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय, सान्त्वना स्थान हासिल गर्ने धावक तथा धाविकाहरूलाई नगद र ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कारहरू प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : 11 February, 2026

प्रतिक्रिया दिनुहोस्