२०८२ साल माघ २९ गते बिहीबारको राशिफल
सहयात्रा टिभी
काठमाडौं । माघ २९, आज २०८२ साल माघ २९ गते बिहीबार फागुन कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १२ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ ।
वृष : आज विवाद बढ्ने भएकाले थोरै बोल्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । शिक्षामा गहिरो अध्ययनको आवश्यकता देखिन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।
मिथुन : धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । परिवारको साथमा घुमघामको रमाइलो अवसर मिल्नेछ । मनको कुरा खुलेर आफन्तसँग साटेमा मन शान्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : सोचेको काम नबन्दा मन दुखी हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ । विपक्षी समूह कठोर भएकाले राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने समय आएको छ ।
सिंह : सञ्चित धन खर्च हुनेछ । साथीभाइ दाहिना भएकाले सोचेको काम बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । अभिभावकको सल्लाह लिएर अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या : शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ । स्वास्थ्यमा सुधार भएकाले काम सहजै बन्नेछन् । परिवारको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ । यस्तो कामले मनमा उत्साह बढ्नेछ ।
तुला : शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने जोखिम छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । आफन्तले भन्दा अरुले तपाईंको प्रशंसा गर्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ ।
वृश्चिक : तपाईंका लागि शुभ ग्रहको बहुमत छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । परिवारको साथमा समय बिदाउँदा मन शान्त बन्नेछ ।
धनु : दिन राम्रो छ । आज बोलीको प्रभावले काम बन्ने छ । व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । उत्तरको लामो यात्रामा नजानु उचित हुन्छ । बौद्धिक व्यक्ति तपाईंको पछाडि लागेकाले सचेत भएर अगाडि बढ्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ ।
मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले संकटमा साथ दिनेछन् । विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ । परिवारको साथमा अगाडि बढ्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : मन अशान्त बन्नेछ । सोचेका काममा अवरोध हुनेछ । रोगले सताउने छ । आज व्यापारमा धैर्यता आवश्यक देखिन्छ । शिक्षामा मिहिनेत गर्नु पर्ने दिन छ ।
मीन : तपाईंको कला र गलाको प्रदर्शनले फाइदा हुनेछ । सहकार्य गरेका संस्थाबाट मान र सम्मान प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । गणेशको पूजा गर्नु फाइदा हुनेछ ।


