रौतहटको कर्फ्यू हटाइयो
सहयात्रा टिभी
काठमाडौं । फागुन ११ , जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १०:०० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कफ्र्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार हटाइएको उल्लेख गरिएको छ। गत ७ गते दुई समुदायबीच झडप भएपछि रौतहट तनावग्रस्त बनेको थियो । प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनपछि अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै कर्फ्यू हटाइएको जनाएको छ ।


