आगामी बजेट सम्बन्धी सुझाव दिन राजस्व परामर्श समिति गठन
सहयात्रा टिभी
काठमाडौं । फागुन १५, आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माण क्रममा सरकारलाई राजस्व सम्बन्धी सुझाव दिन राजस्व परामर्श समिति गठन गरिएको छ ।

अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
उनका अनुसार अर्थमन्त्री रामेश्वर खनालको मन्त्रीस्तरीय निर्णयबाट यस्तो निर्णय भएको हो । समितिले आफ्नो काम सुरु गरिसकेको जनाएको छ ।
राजस्व परामर्श समितिमा विभागीय प्रमुख, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग वा निजले तोकेको वरिष्ठ प्राध्यापकलाई सदस्य तोकिएको छ ।
समिति अन्तर्गत रहेका उपसमितिहरूको परिचालन तथा सहजीकरण गर्ने जिम्मेवारी समितिको हुनेछ । राजस्व प्रशासनका सम्बन्धमा विभिन्न क्षेत्रमा पेस भएका अन्य विभिन्न प्रतिवेदन अध्ययन गरी सुझाव प्रदान गर्ने छ ।


