फागुन २१ गते यति एयरलाइन्सले उडान नभर्ने

सहयात्रा टिभी

काठमाडौं । फागुन १९, यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ । निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो । एयरलाइन्सले सार्वजनिक गरेको सूचनाअनुसार निर्वाचनका दिन सम्पूर्ण आन्तरिक उडान सेवा बन्द रहनेछ । यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान सेवा सञ्चालनमा आउनेछ । निर्वाचनका कारण यात्रु वर्गम पर्न गएको असुविधाप्रति एयरलाइन्सले क्षमायाचना गर्दै यात्रुलाई आवश्यक योजना मिलाउन अनुरोध गरेको छ । यति एयरलाइन्सले नागरिकलाई लोकतान्त्रिक अभ्यासमा सहभागी भई मतदान गर्न आह्वान गर्दै “मतदान गरौँ, जिम्मेवार नागरिक बनौँ भन्ने सन्देशसमेत दिएको छ।

प्रकाशित : 3 March, 2026

प्रतिक्रिया दिनुहोस्