दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आयो

सहयात्रा टिभी

काठमाडौं । फागुन १९, पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आगलागी भएको केही समयमा आगो नियन्त्रणमा लिइएको हो । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए । दाउरा थकाली बाहेक अन्य ठाउँहरूमा भने क्षति भएको छ ।

एसपी गौतमका अनुसार विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ । कुनै मानवीय क्षति भने भएको छैन ।

 

 

प्रकाशित : 3 March, 2026

प्रतिक्रिया दिनुहोस्