सर्वोच्चले प्रसाईंसहित ४ बन्दीबारे कारण देखाउ आदेश जारी

सहयात्रा टिभी

काठमाडौं । फागुन १९, सर्वोच्च अदालतले एकै दिन चारवटा बन्दीहरूबारे कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले चार जना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै थुनामा राख्नुको कारण माग गरेको हो ।दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखेको भन्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत गएका थिए ।

ईश्वर दाहाललाई गैरकानूनी थुनामा राखिएको भन्दै रविना सथसंकर सर्वोच्च गएका थिए । युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई पनि गैरकानूनी रुपमा थुनिएको भन्दै सर्वोच्चमा निवेदन परेको थियो ।

ती निवेदनहरूको सुनुवाइपछि सर्वोच्च अदालतले थुनामा राख्नुको कारण पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायत सम्बन्धित प्रहरी कार्यालयहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

 

 

प्रकाशित : 3 March, 2026

प्रतिक्रिया दिनुहोस्