प्रचण्डले चितवनबाट खसाले मत

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन्। उनले निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुर मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

चितवनबाट मतदान गरे पनि संयोजक प्रचण्डले यसपटक आफैंलाई भने मत दिन पाएनन्। यस निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। आफू अन्यत्रैबाट चुनावी मैदानमा रहेका कारण उनले आफ्नै चुनाव चिह्नमा भोट हाल्न नपाएका हुन्।

यद्यपि, उनले मतदान गरेको चितवन क्षेत्र नम्बर ३ मा उनकी छोरी तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार रहेकी छिन्।

यसैबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि प्रचण्डले मतदान गरेकै शान्तिपुरस्थित सोही नेपाल प्रहरी स्कुल मतदान केन्द्रबाट आफ्नो मत खसालेका छन्।

प्रकाशित : 5 March, 2026

प्रतिक्रिया दिनुहोस्