चितवनमा मतदान गरेलगत्तै हेलिकप्टरबाट रुकुमपूर्व पुगे प्रचण्ड
सहयात्रा टिभी
काठमाडौं । फागुन २१, पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृह जिल्ला चितवनमा मतदान गरेलगत्तै हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन्।

आज बिहान उनले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गत पर्ने भरतपुर-१४ स्थित प्रहरी स्कुलमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
आफ्नो गृह जिल्लामा भोट खसालेपछि उनी हेलिकप्टर चढेर रुकुमपूर्वको सिस्ने-५ स्थित कमलदह पुगेका छन्।
यसपटक रुकुमपूर्वको चुनावी मैदानमा पूर्वप्रधानमन्त्री प्रचण्डसहित जम्मा ११ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन्।


