बुध्द एयरद्वरा ९ एन(एजेओ जहाजलाई औपचारिक रुपमा बिदाइ

सहयात्रा टिभी

काठमाडौं । फागुन २८, जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साइन ९ एन-एजेओ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ ।

एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।

यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७७२ जना यात्रु बोकेको थियो ।

बिदाइका अवसरमा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने– ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो ।

यसले बुध्द एयरको बजार विस्तार तथा शाख बढाउन दुवैमा महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए ।

 

 

 

 

 

प्रकाशित : 12 March, 2026

प्रतिक्रिया दिनुहोस्