इनिसालाई न्याय माग्दै आज तेस्रो दिन पनि माइतीघरमा प्रदर्शन
सहयात्रा टिभी
काठमाडौं । चैत्र १, सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्या भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

उक्त घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै माइतीघरमा प्रत्येक दिन प्रदर्शन भइरहेको छ । नेपाल दलित मुक्ति मोर्चाले आइतबार प्रदर्शन गरेको हो ।
मोर्चाले उक्त घटनामा संलग्नमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर तेस्रो दिन पनि प्रदर्शन गरेको हो ।
इनिसालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, छुवाछुत विभेद्को पूर्ण अन्त्य गर, महिला र बालबालिकामाथि हुने सबै उत्पिडन र हिंसा बन्द गर लगायत लेखिएको प्लेटकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।


